नेशनल लाईफले गर्‍यो भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई सहयोग

  • प्रकाशित मिति : २०८० कार्तिक १२, आईतवार
  • nepaltale.com

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले गत असोज १६ गते आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बाल विकास माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने जानकारी दिँदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।