भारतीय राजधानी नयाँ दिल्लीमा आज पनि भूकम्पको धक्का महसुस गरिएको छ।
नयाँ दिल्ली तथा आसपासका क्षेत्रमा शुक्रबार बिहान ११ बजेर २८ मिनेट जाँदा भूकम्पको झड्का महसुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
लकडाउन जारी भएयता दिल्लीमा महसुस गरिएको यो चोथौ भूकम्पको झड्का हो।
यसअघि गत अप्रिल १३ मा दिल्लीमा ३.५ म्याग्नेच्युडको भूकम्प गएको थियो भने त्यसको भोलिपल्ट २.७ म्याग्नेच्युडको भूकम्प महसुस गरिएको थियो । यस्तै, मे १० मा ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
आज गएको भूकम्प २.२ रेक्टर स्केलको रहेको भारतीय मिडियाले जनाएका छन्।