हमासले इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी

  • प्रकाशित मिति : २०८० मंसिर १०, आईतवार
  • nepaltale.com

हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ।

शनिबार हमासले १३ इजरायली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो । इजरायलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतबार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको बताएको छ । सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो।