स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्ने बताएका छन् । आइतबार काठमाडौँमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जडिबुटीको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्ने बताएका हुन् ।
उनले भारत र चीनमा आयुर्वेदको क्षेत्रमा भएको विकासबाट नेपालले पनि फाइदा लिन सक्ने भन्दै यस क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने धारणा राखे । त्यस्तै मन्त्री बस्नेतले मेडिकल शिक्षाको विकासमा मन्त्रालयको ध्यान केन्द्रित रहेको र यसले देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन धारणा राखे ।
मुलुकका तीन सय शय्यामाथिका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने गरी आवश्यक कानुन परिमार्जनको तयारीमा रहेको उनको भनाइ छ ।
त्यस्तै मन्त्री बस्नेतले स्वास्थ्यकर्मीको अभाव हुन नदिन आवश्यक दरबन्दी सिर्जना गरेर त्यसलाई परिपूर्ति गर्ने बताए ।