हमासले बन्दी बनाएको ठानिएका तीन सैनिकको मृत्यु भएको पुष्टि

  • प्रकाशित मिति : २०८० मंसिर १४, बिहीबार
  • nepaltale.com

हमासले बन्दी बनाएको ठानिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको इजरायली रक्षा बल (आइडीएफ) ले बुधबार जनाएको छ ।

आइडीएफका अनुसार उनीहरूको शव हमासले गाजा लगेको थियो ।

आईडीएफ प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष निकालेपछि पहिलो सार्जेन्ट टोमेर याकोभ अहिमास (२०), सार्जेन्ट किरिल ब्रोडस्की (१९) र सार्जेन्ट शाकद दहन (१९) लाई आधिकारिक रूपमा मृत घोषित गरिएको हो ।