सेयर बजार लाग्यो ओरालो

  • प्रकाशित मिति : २०८० पुष १७, मंगलवार
  • नेपाल टेल संवाददाता

सेयर बजार ३० अंकले घटेको छ । मंगलबार ३०.०५ अंकले घटेको सेयर बजार २०३०.१० विन्दुमा पुगेर बन्द भएको छ ।

आज ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।



३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ ।