काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन।
भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले जनाएको छ।
यही माघ ३ गते मियाँको शव भेटिएको थियो। ती महिला र पुरुष दुवै विवाहित हुन्। उनीहरू लामो समयदेखि विवाहेतर सम्बन्धमा रहेको खुलेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ।
उनीहरू ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ।