देशलाई समृद्ध बनाउन सुशासनको खाँचो : राष्ट्रपति पौडेल

  • प्रकाशित मिति : २०८० फाल्गुन २, बुधबार
  • nepaltale.com

पाँचथर। देशलाई समृद्ध बनाउनलागि सुशासानको खाँचो रहेको राष्ट्रपनि रामचन्द्र पौडेलले बताएका छन् । आफू आज पनि यहि एजेण्डा उभिएको बताएका थिए । पाँचथर वहुमुखि क्याम्पसमा आयोजना भएको श्रीमद् भागवत ज्ञान महायज्ञ तथा वहुधार्मिक महोत्सवलाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले संविधानको मर्म र भावना अघि बढ्न अपिल गरे । संघीय लोकतान्त्रिक गणतन्त्रले समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेकाले सोहि मर्ममा अघि बढ्न अपिल गरेका हुन् । देशलाई समृद्ध बनाउन शुसासनको खाचो रहेको उनको भनाइ थियो ।

‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो । यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिन्छ । हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं’ उनले भने ‘साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्यता, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिमा वा धर्मका स्रोत होईनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं ।’

‘जसरी हाम्रो यो देश सबै नेपालीको साझा हो, त्यसरी नै हाम्रा प्रदेशहरू पनि साझा हुन् । देश जसरी विविधता पूर्ण छ, त्यसरी नै हाम्रा प्रदेशहरू पनि नेपाल राष्ट्र सादृश्य छन् । त्यसमा पनि यो प्रदेश साँच्चै पूरै नेपाल एकै ठाउँमा भेला भएजस्तै छ ।’ राष्ट्रपति पौडेललभने ‘यो देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास, यिनै तीन वटा हुन् । त्यसका लागि पहिलो खाँचो सुशासनको छ ।’ -kenjokhabar.com