हसिना सत्ता पतन भएपछि बंगलादेशमा २३२ को मृत्यु पुष्टि

  • प्रकाशित मिति : २०८१ श्रावण २४, बिहीबार
  • nepaltale.com

काठमाडौं । शेख हसिनाको सत्ता पतन भएपछि पनि बंगलादेशमा मृत्यु रोकिएको छैन ।

हसिनाले देश छोडेर भारत शरण लिन गएपछि २३२ जनाको ज्यान गएको बंगलादेशी अखबार प्रोथोम आलोले बताएको छ ।

प्रोथोम आलोका अनुसार शेख हसिना सरकार हुँदासम्म ३२८ को ज्यान गएको पुष्टि भएकोमा उनले सोमबार सत्ता छोडेपछि २३२ को ज्यान गएर बंगलादेशमा पछिल्लो एक महिना भन्दा थोरै समयमा ५६० जनाको ज्यान गएको छ ।

हसिनापछि २३२ को ज्यान गएको आँकडा बुधवार साँझसम्मको मात्रै भएको प्रोथोम आलोले बताएको छ ।

जुलाई १६ बाट अगस्ट ४ सम्मको २३ दिनमा यत्रो संख्यामा हताहत भएको बताइएको छ ।