इजरायली हमलामा परी तेहरानस्थित अपार्टमेन्टमा २० बालबालिकासहित ६० जना मारिएको पुष्टि

  • प्रकाशित मिति : २०८२ जेष्ठ ३१, शनिबार
  • nepaltale.com

काठमाडौं । इरानको राजधानी तेहरानमा इजरायलले शुक्रबार बिहान गरेको आक्रमणमा परेर ६० जना मारिएको पाइएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार मारिनेहरुमा २० बालबालिका भएको इरानी मिडियाहरुले उल्लेख गरेका छन् । आक्रमणबाट १४ तलाको अपार्टमेन्ट ध्वस्त भएको बताइएको छ ।

इरानले पनि इजरायली भूमिमा जवाफी आक्रमण गरेको छ । आक्रमणमा मारिएका र घाइते भएकाहरुको पूर्ण तथ्यांक आइरहेको छैन ।

इरानले आणविक बम बनाउन लागेको भन्दै इजरायलले इरानी आणविक वैज्ञानिक र सैन्य नेतृत्वहरुको हत्या गरेको थियो भने इरानी आणविक क्षेत्रहरुमा बमबारी गरेको थियो ।

इजरायली हमलाले अमेरिकासँग जारी इरानको आणविक वार्ता पनि विफल भएको छ ।