जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

  • प्रकाशित मिति : २०८२ असार ३२, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् ।



जसपा नेपालले एमाले/कांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो ।