प्रहरीले चलाएको गोली लागेर एक जेन्जीको निधन

  • प्रकाशित मिति : २०८२ भाद्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ ।

सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



अस्पताल स्रोतले मृत्युको पुष्टि गर्दै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।