संसद भवनको गेटमै गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, मृत्यु हुनेको संख्या २

  • प्रकाशित मिति : २०८२ भाद्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएपछि शववाहन मगाइएको छ ।

यो सँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि एकजनाको अस्पतालमा उपचारका मृत्यु भएको थियो ।