संसद् विघटन गर्नु हुँदैन: सांसद गौतम

  • प्रकाशित मिति : २०८२ भाद्र २६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद् विघटन गर्न नपाइने बताएकी छिन्।

बिहीबार राति जारी गरेको भिडिओ सन्देशमा सांसद गौतमले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम सह्य नहुने बताएकी हुन ।



‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो,’ उनले भिडियोमा भनेकी छन्।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने संसद विघटन गरेर अन्तरिम सरकार बनाउनुपर्ने बताएका थिए।