आन्दोलनमा मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

  • प्रकाशित मिति : २०८२ भाद्र ३०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । गत २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने भएको छ । इन्सपेक्टरदेखि महानिरीक्षकसम्मको तलब कट्टा गरी उनीहरुलाई राहत दिन लागिएको हो ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी यससम्बन्धि जानकारी दिएको छ ।



आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका थिए। आइतबार बसेको प्रहरी समन्वय समितिको बैठकले यससम्बन्धि निर्णय गरेको प्रहरी प्रवक्ता डिआइजी बिनोद घिमिरेले बताए।