सीआईबीमा गृहमन्त्री- राजनीतिबाट प्रेरित नभई काम गर्न निर्देशन

  • प्रकाशित मिति : २०८२ आश्विन १०, शुक्रबार
  • नेपाल टेल संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले कुशासनविरुद्धको आन्दोलनपछि नयाँ परिस्थिति सिर्जना भएको भन्दै प्रहरीले राजनीतिबाट प्रेरित नभई कानूनबमोजिम कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लाजिम्पाटस्थित कार्यालय निरीक्षण गर्दै गृहमन्त्री अर्यालले त्यस्तो निर्देशन दिएका हुन् ।



‘पहिला कुशासन थियो, त्यसकारण आन्दोलन भयो’, उनले भने, ‘अब सुशासनका निम्ति प्रहरीले कानूनबमोजिमका कामहरू प्रभावकारी ढंगले गर्दै जानुपर्ने छ ।’

उनले प्रहरीलाई कुनै पनि काम राजनीतिक आधारमा प्रेरित नभई कानूनबमोजिम गर्न भनेका छन् ।