माओवादी केन्द्रीय कमिटी भङ्ग, प्रचण्ड अब महाधिवेशन आयोजक कमिटीका संयोजक

  • प्रकाशित मिति : २०८२ आश्विन १०, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी भङ्ग गर्दै आगामी महाधिवेशनको तयारी सुरु गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक भव्य रूपमा सम्पन्न भएको जानकारी दिएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, “केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौँ। अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक बनेको छु।”



पार्टीका प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले आजै केन्द्रीय कमिटी विघटन गरेर मंसिरको अन्त्यभित्र महाधिवेशन गर्ने घोषणा गरेको छ। नयाँ संयोजकका रूपमा प्रचण्डलाई महाधिवेशन आयोजक कमिटीको जिम्मेवारी दिइएको छ।