ओली, लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस

  • प्रकाशित मिति : २०८२ आश्विन १३, सोमबार
  • नेपाल टेल संवाददाता

जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठन भएकाे न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाकाे पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउनु भनेको छ ।



छानविन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न पनि भनेको छ ।

पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।