आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा दर्ता हुन सर्वसाधारणको भीड निर्वाचन कार्यालयमा बढेको छ ।
निर्वाचन आयोगले देशभरका जुनसुकै निर्वाचन कार्यालयबाट पनि नामावली दर्ता गर्न सकिने व्यवस्था गरेपछि मतदाताहरूको चाप उल्लेख्य रूपमा बढेको हो । आयोगले अनलाइन फारम भरेपछि सोही आधारमा नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक विवरण दिन सकिने व्यवस्था गरेको छ ।
आयोगका अनुसार काठमाडौँ उपत्यकाभित्र मीनभवन, जावलाखेल र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता सेवा उपलब्ध छ ।
सरकारले फागुन २१ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै जेनजी मतदातासमेतलाई मताधिकार प्रदान गर्ने उद्देश्यले अध्यादेश जारी गरेसँगै रोकिएको नामावली दर्ता प्रक्रिया पुनः खुलेको हो ।
आयोगले मतदाता नामावली दर्ता कात्तिक मसान्तसम्म जारी रहने जनाएको छ ।