कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

  • प्रकाशित मिति : २०८२ आश्विन ३१, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २ जनाको परीक्षा रद्द गरिएको छ ।



नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने छ ।