काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई पटक–पटक थुन्ने प्रयास गरेको बताएका छन् ।
दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यो सरकारले मलाई पटकपटक थुन्ने प्रयास गरिरहेको छ’, ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘त्यसका लागि मिटिङ र छलफल गरिरहेका छन् ।’