काठमाडौं । भदौ २३ र २४ को घटना जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका छाड्न नपाउने आदेश फुकुवा गरेको छ ।
तर, विदेश भ्रमणमा लगाइएको रोक भने यथावत राखिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । सरकारको आग्रहमा दवाडीको हकमा सो निर्णय भएको हो । उनी सार्वजनिक संरचना पुननिर्माण आयोजनाको संयोजक भएकाले सातै प्रदेशमा जानुपर्ने भएकाले सो रोक ७ दिनका लागि हटाइएको हो ।
आयोगले बोलाएको बेला बयानमा जतिबेला पनि आउनेगरी हटाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।