रास्वपा सचिवालयमा थपिए चार नयाँ सदस्य

  • प्रकाशित मिति : २०८२ कार्तिक २, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै चार जना नयाँ सदस्य थपेको छ। पार्टी विधानको धारा २६ अनुसार सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।

सभापतिको सिफारिसमा गरिएको यो निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत गरिएको थियो। नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधिसभाका सदस्य हुन् ।



रास्वपाको विधान अनुसार पार्टी सचिवालयमा अधिकतम २५ जना सदस्य रहन सक्ने प्रावधान छ। त्यसैको आधारमा सचिवालय विस्तार गरिएको रास्वपा स्रोतले जनाएको छ।

यसअघि रास्वपामा १० जना सचिवालय सदस्य मात्र थिए। नयाँ चार सदस्य थपिएपछि अहिले सचिवालयको संख्या १४ पुगेको छ।