१७ जिल्लामा सिडिओ हेरफेर, एक सहसचिव मन्त्रालय तानिए, अर्का सहसचिव अध्यागमन पठाइए

  • प्रकाशित मिति : २०८२ कार्तिक १०, सोमबार
  • नेपाल टेल संवाददाता

गृह मन्त्रालयले विभिन्न १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै यी हेरफेर गरेका हुन् ।

यस निर्णयअनुसार १५ जना प्रमुख जिल्ला अधिकारीलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ । साथै, एक जनालाई प्रमुख जिल्ला अधिकारीबाट प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा र एक जनालाई गृह मन्त्रालयमा मा तानिएको छ ।



जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । त्यस्तै, अर्घाखाचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई गृह मन्त्रालयमा तानिएको छ ।