सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । हिउँमा फसेकाहरुलाई उद्धार गर्न गएका बेला हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ।

‘नाइन–एन–एमएस’ दर्ता नम्बरको उक्त हेलिकप्टर दुर्घटनामा पाइलट विवेक खड्का सकुशल रहेका जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।



उनीहरूलाई उद्धार गर्नका लागि लुक्लाबाट कैलाश एयरको अर्को हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ।