सुनको मूल्यमा निरन्तर गिरावट, चाँदीको भाउ बढ्यो

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

यो साता नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै पछिल्लो चार दिनदेखि सुनको मूल्य ओरालोमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

गत आइतबार सुन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० पुगेको थियो। सोमबार मूल्य दुई हजार घटेर दुई लाख ३९ हजार ९०० र मङ्गलबार दुई हजार ९०० घटेर दुई लाख ३७ हजार कायम भयो। आज सुनको मूल्य सात सय घटेर दुई लाख ३६ हजार ३०० प्रतितोला पुगेको छ।



त्यसको विपरीत, चाँदीको मूल्य बढेको छ। मङ्गलबार प्रतितोला दुई हजार ९२० रहेको चाँदी आज दुई हजार ९६५ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब ३,९६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।