आफताब आलम भेन्टिलेटरमा

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

गत जेठमा कारागारमुक्त भएका कांग्रेस नेता आफताब आलमको गम्भीर रुपमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।



पारिवारिक स्रोतका अनुसार उनलाई मुटुको समस्याका कारण हिजो अस्पताल ल्याइएको थियो । जेठमा जेलमुक्त भएपछि ब्रेन स्ट्रोक भएर आलमले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए ।

ईट्टाभट्टामा जिउँदो मान्छे हालेर हत्या गरेको आरोपमा गत जेठमा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो ।