राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो मिति तय गरेको हो। सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदिश खरेलका अनुसार २०७६ सालमा निर्वाचित १९ सदस्यमध्ये १८ पदका लागि निर्वाचन हुनेछ, जबकि एक सदस्य वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्।



कानुनअनुसार पद रिक्त हुनु अघि ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ।