कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • nepaltale.com

नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

नेपालको उत्तरपश्चिम सीमा कालापानी क्षेत्र भारतले अतिक्रमण गरी सडक निमार्णविरुद्ध एनआरएनए अमेरिकाका उपाध्यक्ष सोनाम लामा, विष्णुमाया परियार, नविन शेरचन लगायतका पदाधिकारीले सोमबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

ज्ञापनपत्रमा भारतले नेपालको भूभाग कालापानी क्षेत्र अतिक्रमण गरेको, भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत सडक निमार्ण गरेको उल्लेख छ । विरोधपत्रमा नेपाली भूमिबाट भारतीय सेना हटाउनु पर्ने, सडक निमार्ण कार्य तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ ।