अछाम । अछामको साँफेबगरमा भीषण आगलागी भएको छ । अहिले आगो नियन्त्रणको प्रयास जारी छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार आगलागीबाट ७ वटा टहरा जलेको नष्ट भएका छन् ।
आगलागी भएका दुवैतिरका पसलहरू आगोले भेट्न भन्दा पहिल्यै भत्काएर आगो विस्तार हुन पाएको छैन । अहिलेसम्म दमकल पुगेको छैन ।
नजिकैको खोलाबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
साँफे हाटबजारमा यसै वर्ष आगलागी भएको यो दोस्रो पटक हो। यसअघि बैशाख १३ गते पनि यहाँ आगलागी भएर १० पसल जलेका थिए भने ४ करोड बराबरको क्षति भएको थियो ।