नेपाली कांग्रेसमा आगामी १५औँ महाधिवेशनको मितिलाई लिएर विवाद देखिएको छ।
थापाको योजना अनुसार निर्वाचनअघि महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ, भने, यादवको योजना अनुसार महाधिवेशन प्रतिनिधि सभा निर्वाचनपछि वैशाखमा गर्ने प्रस्ताव छ।
-
महामन्त्री गगन थापाको प्रस्ताव:
-
पुस १६–१९ गते: पार्टीको नियमित महाधिवेशन
-
मंसिर १० गतेसम्म: क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण
-
मंसिर १०–२० गते: क्रियाशील सदस्यता छानबिन
-
मंसिर २४ गते: निर्वाचन समितिलाई सदस्य विवरण हस्तान्तरण
-
मंसिर २७ गते: वडा अधिवेशन
-
पुस ५ गते: क्षेत्रीय अधिवेशन
-
-
सहमहामन्त्री महेन्द्र यादवको प्रस्ताव (संस्थापन पक्ष):
-
मंसिर २० गतेसम्म: क्रियाशील सदस्यता नवीकरण
-
पुस ५ गतेसम्म: नयाँ सदस्यता वितरण
-
पुस २० गते: निर्वाचन समितिलाई क्रियाशील सदस्यता हस्तान्तरण
-
चैत्र १ गते: वडा अधिवेशन
-
चैत्र ५ गते: पालिका अधिवेशन
-
चैत्र १२ गते: प्रदेश क्षेत्रीय अधिवेशन
-
चैत्र २० गते: संघीय क्षेत्रीय अधिवेशन
-
चैत्र ३० गते: जिल्ला अधिवेशन
-
वैशाख १५ गते: सात प्रदेश अधिवेशन
-
वैशाख २७–२९ गते: १५औँ केन्द्रीय महाधिवेशन
-
यस अन्तरले पार्टीभित्र महाधिवेशन मितिलाई लिएर विवाद उत्पन्न गरेको छ, जुन केन्द्रीय समिति बैठकमा पनि स्पष्ट देखिएको छ।
यो विवादले पार्टीभित्रको रणनीति र चुनाव तयारीमा असर पर्न सक्ने सम्भावना छ।