झलनाथ खनाल पनि माओवादी–समाजवादी एकता घोषणा कार्यक्रममा सहभागी

  • प्रकाशित मिति : २०८२ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिस्ट घटकहरूको एकता घोषणा कार्यक्रममा सहभागी भएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा केहीबेरअघि सुरु भएको कार्यक्रममा विभिन्न कम्युनिस्ट घटकबीच पार्टी एकता घोषणा भइरहेको छ।



खनालले यसअघि माओवादी केन्द्रसँगको एकतामा आपत्ति जनाउँदै नयाँ दल दर्ता गर्ने तयारीमा रहेको बताएका थिए। तर, अन्ततः उनी पनि प्रचण्ड–माधव समूहबीचको एकता कार्यक्रममा सहभागी भएका हुन्।

उनी हिजोमात्रै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए, त्यसपछि पनि आजको कार्यक्रममा उनको उपस्थिति विशेष रूपमा ध्यानाकर्षक बनेको छ।