जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा : गृहमन्त्री अर्याल

  • प्रकाशित मिति : २०८२ कार्तिक २७, बिहीबार
  • नेपाल टेल संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ प्रहरी बिटमध्ये ४४८ बिट पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन्।

संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उपस्थित भएका गृहमन्त्री अर्यालले शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्किएको बताए।



उनका अनुसार, सरकार गठनका बेला उत्पन्न अन्योलपूर्ण अवस्थाको बाबजुद पनि दुई महिनाको अवधिमा देशभरको सुरक्षा स्थिति स्थिर र नियन्त्रणयोग्य अवस्थामा ल्याउन सफल भएको छ।