राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

  • प्रकाशित मिति : २०८२ मंसिर ६, शनिबार
  • नेपाल टेल संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ‘नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२’ मंगलबार जारी भएको हो।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्। यस अध्यादेशअनुसार प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई गृह मन्त्रालय मातहत ल्याउने व्यवस्था गरिएको छ।



यसअघि सरकारले राअविका साथै राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई पूर्ववर्ती अवस्थामा फर्काउने निर्णय गरेको थियो। अन्य विभागहरू पूर्ववर्ती अवस्थामा फर्किए पनि कानुनी अड्चनका कारण राअवि प्रधानमन्त्री कार्यालय मातहत रहँदै आएको थियो।