राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

  • प्रकाशित मिति : २०८३ बैशाख २२, मंगलवार
  • नेपाल टेल संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले हिजो स्वीकृतिका लागि पुन: सिफारिस गरेको थियो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले केही परिमार्जनबिना अध्यादेश जस्ताको तस्तै पठाइएको बताएका थिए । सरकारबाट पुन: सिफारिस गरिएपछि राष्ट्रपति अध्यादेश जारी गर्ने निर्णयमा पुगेको स्रोतले बतायो ।



राष्ट्रपति रामचन्द्र पौडेलले २ दिनअघि बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा पूर्ववत अडानसहित अध्यादेश फिर्ता गरेका थिए ।

सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको थियो ।

अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्‍मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ । यो प्रावधानले बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था कानुनले खण्डित हुन नहुने राष्ट्रपतिको अडान थियो ।