यस्ताे छ कांग्रेसको महाधिवेशन कार्यतालिका

  • प्रकाशित मिति : २०८२ मंसिर १६, मंगलवार
  • नेपाल टेल संवाददाता

लामो समयदेखि चलेको आन्तरिक खिचातानीपछि नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने औपचारिक निर्णय गरेको छ। पार्टीको निर्णय अनुसार महाधिवेशनका तयारी तथा कार्यक्रमहरू मंसिर २० गतेदेखि नै सुरु हुने छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको माग उठिरहे पनि पार्टीले नियमित महाधिवेशननै पुसमा सम्पन्न गर्ने निष्कर्ष निकालेको हो। बैठक आज समाप्त गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विस्तृत कार्यतालिका सार्वजनिक गरे।



कांग्रेसको महाधिवेशन तयारी कार्यतालिका यसप्रकार छः

मंसिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील सदस्य वितरण सम्पन्न गर्ने।
– जिल्लाका प्रतिनिधिसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यका फाराम पठाउने समय मंसिर २४ गतेसम्म
– सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण सम्बन्धी काम पुस ८ गतेभित्र पूरा गर्ने।
– प्रारम्भिक छानबिन समितिको निर्णयमा परेको पुनरावेदन तथा नयाँ/नवीकरण सदस्यतासम्बन्धी उजुरीको अन्तिम निर्णय गरी केन्द्रीय सभापतिलाई बुझाउने मिति पुस १४ गते
– नयाँ सदस्यता वितरणमा समावेशिता, युवा सहभागिता र अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत सदस्यता दिने व्यवस्था।
– विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते
– गाउँ/नगर र वडा अधिवेशन पुस १६ गते
– गाउँपालिका/नगरपालिका अधिवेशन पुस १७ गते
– प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते
– प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते
– एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन पुस २२ गते
– प्रदेश अधिवेशन पुस २३ र २४ गते

पार्टीको मुख्य महाधिवेशन पुस २६, २७ र २८(कांग्रेसको निर्णयमा उल्लिखित अनुसार) सम्पन्न गरिने भएको छ।