नेपाली बजारमा आज सुन महँगियो, चाँदी भने सस्तो

  • प्रकाशित मिति : २०८२ मंसिर २२, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा सात सय रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



आइतबार चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँ कायम थियो।