सुनको भाउले तोड्यो पुनः कीर्तिमान, प्रतितोला २ हजार २०० बढेर २ लाख ५८ हजार ८ सय

  • प्रकाशित मिति : २०८२ मंसिर २८, आईतवार
  • नेपाल टेल संवाददाता

सुनको मूल्य आज फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला २ हजार २०० रुपैयाँले बढ्दै आज सुनको मूल्य २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यसअघि गएको असोज ३१ गते पनि सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । आजको वृद्धिसँगै सुनले पुनः ऐतिहासिक कीर्तिमान कायम गरेको महासंघले जनाएको छ ।



गएको शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घट्दै चाँदीको मूल्य आज ३ हजार ८ सय २५ रुपैयाँ कायम भएको छ । गएको शुक्रबार चाँदीको भाउ प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँ पुगेको थियो ।