सर्वोच्च अदालतका ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा (सूचीसहित)

  • प्रकाशित मिति : २०८२ पुष ९, बुधबार
  • नेपाल टेल संवाददाता

सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ ।

अदालतको मङ्गलवार र बुधवारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।



काज सरुवा हुने उपसचिवमा सर्वोच्च अदालतका उपरजिष्ट्रार, इजलास अधिकृत हुँदै उच्च अदालतका उपरजिष्ट्रारसम्म रहेका छन् ।

यस्तै शाखा अधिकृतमा उच्च अदालतका इजलास अधिकृतदेखि जिल्ला अदालतका तहसिलदारसम्म रहेका छन् ।