पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
उनी पुस १४ गते बयान दिन जाने भएका हुन् ।
पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकपछि उनले सञ्चारकर्मीसँग आगामी सोमबार बयान दिन जाने बताएका हुन् ।
जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई आयोगले बयानका लागि पत्र काटिसकेको छ ।