रवि र बालेनबीच आज अर्को बैठक छैन

  • प्रकाशित मिति : २०८२ पुष १०, बिहीबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच आज अर्को भेटवार्ता नहुने भएको छ ।

आज दिउँसो भएको वार्ताको निरन्तरताका रूपमा बेलुका फेरि बस्ने चर्चा चले पनि आज नहुने भएको हो ।



दुवै तर्फबाट थप होमवर्क गरेर निर्णायक बैठक बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।