रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको वार्ता सकिएको छ ।
उनीहरु बीच ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा वार्ता भएको हो ।
उनीहरूले करिब साढे दुई घन्टा वान टु वान वार्ता गरेका छन् ।
वार्ता सकेर रवि लामिछाने वार्तास्थलबाट बाहिरिएका छन् ।
बालेनले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए । त्यसलगत्तै उनले लामिछानेसँग पनि छलफल गरेका हुन् ।
आजको उक्त भेटमा सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको थियो । तर उनीहरु बीच भएको छलफलबारे भने सभापति रवि लामिछानेले स्पष्ट रुपमा बताएनन् ।