क्रिकेटर करण र वर्षाले गरे औंठी साटासाट

  • प्रकाशित मिति : २०८२ पुष १८, शुक्रबार
  • नेपाल टेल संवाददाता

क्रिकेटर करण केसी र मनाेरञ्जन पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुले औंठी साटासाट गरेको तस्विर सामाजिक सञ्जालमा राख्दै यस्तो जनाउ दिएका हुन् ।

करण र वर्षा लामो समयदेखि प्रेममा थिए । औपचारिक रुपमा स्वीकारोक्ति नगरे पनि उनीहरुबीचको प्रेम गोप्य रहन सकेको थिएन ।



हिजो वर्षाले औंठीको तस्विर सामाजिक सञ्जालमा राखेकी थिइन्, तर कुनै जानकारी दिएकी थिएनन् । आजभने दुवैले सँगै औंठी देखाएर तस्विर सेयर गरेका छन् ।