पूर्व राजा सुटुक्क विराटनगरमा, काली मन्दिरको दर्शन गरेर फर्किए

  • प्रकाशित मिति : २०८२ पुष १९, शनिबार
  • नेपाल टेल संवाददाता

पूर्व राजा ज्ञानेन्द्र शाहले आज विराटनगरस्थित काली मन्दिरको दर्शन गरेका छन् ।

राजावादी र सुरक्षाकर्मीलाई समेत थाहा नदिई उनी सुटुक्क काली मन्दिरको दर्शनका लागि आएका हुन् ।



उनी काली मन्दिरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनाक्षी नेपालसहित मन्दिरका पुजारीहरू भने मन्दिरमा पुगेका थिए ।

मन्दिरमा पुगेर पूर्व राजा ज्ञानेन्द्रले मन्दिरमा पूजा आराधना गरेका थिए । पूर्वा राजा मन्दिरमा पुगेपछि केही सुरक्षाकर्मी भने मन्दिर परिसरमा पुगेका थिए । पूर्व राजा शाहलाई व्यवस्थापन समितिका अध्यक्ष नेपालले मन्दिरको महत्वका बारेमा बताएकी थिइन् ।

उनी १० मिनेट जति मन्दिरमा बिताएर फर्किएका छन् । पूर्व राजा केही दिनदेखि झापाको दमकस्थित उनको चिया बगानमा बस्दै आएका छन् । चिया बगानबाट बिहान सुटुक्क पूर्व राजा विराटनगर आएका हुन् ।