लन्डन । २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता र फन्डराइजिङबारे बेलायतमा छलफल भएको छ ।
पोखरेली मञ्ज यूकेको आयोजनामा आइतबार ४ जनवरी २०२६ फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा सफल पोखरा म्याराथनबारे प्रि-मिटिङ भएको हो ।
बैठकमा म्याराथन सफल पार्न फन्डराइजिङ, सहभागिता, दौडका क्रममा अपनाउनु पर्ने सुरक्षालगायत विषयमा छलफल भएको क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । उनले १४ फेब्रुअरी अर्थात् फागुन २ मा हुने सफल पोखरा म्याराथनमा क्वोंने गुरुङ समाजबाट झन्डै ५० जना उपस्थित हुने जानकारी दिए । म्याराथन पोखरा रंगशालामा बिहान ६ बजेदेखि सुरु गर्ने जनाइएको छ ।
छलफलमा गिनिज वर्ल्ड रेकर्ड होल्डर सन्तोष राईले म्याराथनका बारेमा बोलेका थिए ।
कार्यक्रममा सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङ,गिनिज वर्ल्ड रेकर्ड होल्डर सन्तोष राई,पीपल मोर्गेजका डाइरेक्टर सूर्य गुरुङ, एभरेस्ट क्यास एन्ड क्यारीका डाइरेक्टर एबी गुरुङ, गोर्खा प्यालेसका प्रोपाइरट तथा एनआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङ,शिव कल्चरल कम्युनिटी सेन्टर अल्डरसटका निवर्तमान अध्यक्ष विक्रम भट्टराई, बगर भाइखलक यूकेका अध्यक्ष ओमप्रकाश गुरुङ, कोंने (घोताने/घोण्ड) का संस्थापक अध्यक्ष नरजंग गुरुङ, पोखरेल मञ्चका ट्रस्टी महेश गुरुङ, गोर्खा मिडियाका मिलन तमुलगायत सहभागीले आआफ्ना जिज्ञासा राखेका थिए ।