दिल्लीमा प्रचण्डको दाबी: जेनजी आन्दोलनपछि अन्तरिम सरकार केपी ओलीकै सिफारिसमा गठन

  • प्रकाशित मिति : २०८२ पुष २२, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा गठन भएको दाबी गरेका छन्।

दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सोमबार प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्ड हिजो (आइतबार) सो कार्यक्रममा सहभागी हुन भारत गएका थिए।



उनले भने, ‘२६ गते राति मैले कमरेड माधव कुमार नेपालसँगै राष्ट्रपति निवासमा बोलाइ, रातभर धेरै मिहिनेत गरेर संशयको वातावरण निवारण गर्ने प्रयास गर्‍यौं र देशलाई क्रमशः सामान्य स्थिति तर्फ फर्काउने काम गर्‍यौं। अन्ततः अन्तरिम सरकार गठन गर्ने निर्णय भयो। त्यसबेला कामचलाउ सरकारले केपी ओलीकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा गठन हुने सहमति भयो।’