सुनचाँदीको आज पनि मूल्य बढ्यो

  • प्रकाशित मिति : २०८२ पुष २२, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।



सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।