कांग्रेसको विशेष महाधिवेशन घोषणा

  • प्रकाशित मिति : २०८२ पुष २३, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वान गरिएको छ ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका छन् ।



विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले सो घोषणा गरेका हुन् ।

यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराएका छन् ।

विशेष महाधिवेशन पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुने र त्यसपछिका विभिन्न कार्यक्रमका लागि उपसमितिहरू गठन गरिएको छ ।