नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ । केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गरेका हुन् । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गरेका छन् ।
संस्थापन पक्षीय नेताहरू भने विशेष महाधिवेशन रोक्नेगरी प्रयास गरिरहेका छन् ।
मध्यमार्गी नेताहरू हिजोबाटै तीव्र छलफल बढाइरहेका छन् ।
प्रतिवेदनमा के छ ?