नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि अघि बढिसकेको छ ।
विशेष महाधिवेशनमा मतदाताको नामावली सार्वजनिक भइसकेको छ । निर्वाचन समितिले नयाँ नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
सोही सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुमा दोस्रो नम्बरमा सार्वजनिक भएको छ।

पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा छन् । राष्ट्रपति पौडेललाई ‘नेता’ भनिएको छ ।
महाधिवेशनमा ४५०० बढी मतदाता आइपुगेको बताइएको छ ।
नेपालको संविधानको धारा ६१ (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्ध गर्ने उल्लेख छ । राष्ट्रपतिले दलको सदस्यता त्याग गरेको हुनुपर्ने प्रचलन छ ।
२०७९ फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले २८ गते कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराएका थिए ।